You are viewing the translated version of नाम दर्ता गराउन दरखास्त दिने.

Section 13
नाम दर्ता गराउन दरखास्त दिने
(१) मान्यता प्राप्त विश्वविद्यालय, शिक्षण संस्था, शैक्षिक परिषद्‌, शैक्षिक प्रतिष्ठानबाट अनुसूचीमा उल्लेख भए बमोजिमको योग्यता पूरा गरेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले दर्ता किताबमा नाम दर्ता गराउन तोकिए बमोजिम दरखास्त दिनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गरिरहेका अनुसूचीमा उल्लेख भए बमोजिमको योग्यता पूरा गरेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले दर्ता किताबमा नाम दर्ता गराउन यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र उपदफा (१) बमोजिम दरखास्त दिनु पर्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम नाम दर्ता गराउन दरखास्त दिने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले दरखास्तसाथ आफ्नो योग्यता सम्बन्धी तोकिए बमोजिम कागजात र दस्तुर संलग्न गर्नु पर्नेछ ।
(४) उपदफा (१) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि दरखास्त पेश गर्ने प्रक्रिया, दरखास्त साथ पेश गर्नु पर्ने कागजात र दस्तुरका सम्बन्धमा प्रदेश कानूनमा छुट्टै व्यवस्था भएमा सोही बमोजिम हुनेछ।